२२ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रका जिल्ला संयोजकसहित ३ जनालाई कारवाहीको सिफारिस

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– मिना बुढाथोकी

सल्यान, १० मंसिर । नेकपा माओवादी केन्द्र सल्यानले केन्द्रका जिल्ला संयोजक तथा पोलिटव्युरो सदस्य कर्ण बहादुर बुढाथोकी छहारीलाई कारवाहिको सिफारिस गरेको छ ।

केन्द्रले आईतबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी बुढाथोकी सहित केन्द्रिय सदस्यहरु ज्ञान बहादुर वली माइकल र टिकाराम वली दर्शनलाई कारवाहिको लागी प्रदेश र केन्द्रिय समितिमा सिफारिस गरेको हो । बुढाथोकी माओवादी केन्द्रका प्रतिनिधि सभाका वागी उम्मेदवार उमाकान्त शर्माका निर्वाचन परिचालन समितिका संयोजक थिए ।

यस्तै माइकल प्रदेश सभा क र दर्शन प्रदेश सभा खको निर्वाचन परिचालन कमीटिको निर्वाचन परिचालन कमीटिको वागी पक्षका तर्फबाट संयोजक छन् । यसअघि माओवादी केन्द्रले सल्यानका दुई पोलिटव्युरो सदस्य सहित ९ जना वागी उम्मेदवार, समर्थक तथा प्रस्तावकलाई साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको थियो ।

यस्तै माओवादी केन्द्रले पत्रकार सम्मेलनमा १२ गते सम्म वाम गठवन्धनको पक्षमा उभिन माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरुलाई अपील गरेको छ । वागी उम्मेदवार तथा तिनमा प्रस्तावक तथा समर्थकलाई समेत १३ गते सम्म वाम गठवन्धनका पक्षमा उभिएमा कारवाहि फिर्ताको पहल गर्ने माओवादी केन्द्रका सचिवालय सदस्य तथा विना विभागिय मन्त्री टेक बहादुर बस्नेतले बताए ।

यसैबिच सचिवालय वैठकले केन्द्रिय सदस्य निम बहादुर केसी अरुणलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । जिल्ला संयोजकको जिम्मेवारी पाएका केसीलाई जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य नेव बहादुर कवर विवेकले पदभार ग्रहण गराए । यस्तै संयोजक अरुण सहित ५ जना पोलिटव्युरो सदस्य सम्मीलित ७ सदस्यीय जिल्ला कार्यालय समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।