काठमाडौं, १० मंसिर । मन्त्रिपरिषद्को निर्णय अनुसार लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवन बहादुर अधिकारीले दर्ज्यानी चिन्ह पाएका छन् ।
आइतबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नोती भएका लेखा उपरथी अधिकारीलाई सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया