२२ कार्तिक २०८३, आइतबार

चितवनको समग्र विकास हामी गर्छौँः बाम उम्मेदवार पोख्रेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा
खोलेसिमल (चितवन), ९ मंसिर । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ का संयुक्त बामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त बामपन्थी गठबन्धनले गर्ने बताएका छन् ।

चितवनको कालिका नगरपालिका क्षेत्रमा शनिबार भएको घरदैलोको क्रममा पदमपुर-५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका तयार गरेको भन्दै निर्वाचनपछि गठन हुने बामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बताए । सुकुम्वासी समस्या समाधान, खगेरी खोला, थाङखोलालगायतका खोलाहरुको तटबन्धन, कालिका नगरपालिका क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्ने पनि आफ्नो मुख्य एजेण्डा रहेको पोख्रेलले बताए । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पनि आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै पोख्रेलले अब बन्ने बामपन्थी गठबन्धनको बहुमतको सरकारले जनभावना अनुसार काम गर्ने समेत बताए ।

संयुक्त बामपन्थी गठबन्धनको देशैभर बहुमत आउने र पुष महिनामा बामपन्थीको सरकार बनेपछि जनमुखी कामहरु हुनेमा ढुक्क हुन आग्रह गर्दै उम्मेदवार पोख्रेलले चितवनका सम्पूर्ण बामपन्थी उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरेका थिए ।

सोही कार्यक्रममा प्रदेश सभा सदस्य चितवन क्षेत्र नम्बर २ (क)का उम्मेदवार घनश्याम दाहालले चितवनवासी जनताको हरेक सुखदुःखमा आफु रहिरहेको र रहिरहने समेत बताए । स्थानीयको समस्या समाधान गर्न सधैँ प्रतिबद्ध रहेको भन्दै उम्मेदवार दाहालले सडक, ढल, सिँचाई, स्वास्थ्य, खानेपानीलगायतका सबै विकास निर्माण गर्नको लागि आफु लागि पर्ने उनले बताए । देशैभर बामपन्थी गठबन्धनको जनलहर बढेर गएको भन्दै उम्मेदवार दाहालले अब बन्ने सरकारले देशको आर्थिक विकासको लागि काम गर्ने समेत उनले बताए ।