हेटौंडा,९ मंसिर । वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवार कृष्णप्रसाद दाहालले अब वाम गठबन्धनलाई हराउने ताकत कसैमा नभएको बताउनुभएको छ ।
यहाँ आज आयोजित घरदैलो र पार्टी प्रवेश कार्यक्रममा एमाले नेता दाहालले समग्र मकवानपुरको विकासको जिम्मा वाम गठबन्धनका उम्मेदवारले लिएको जिकिर गर्नुभयो ।
सो अवसरमा नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार प्रल्हाद लामिछानेका पिता लीलानाथ एमालेमा प्रवेश गर्नुभयो । वाम गठबन्धनको हेटौँडा वडा नं ४ मा भएको घरदैलोमा ८५ वर्षीय लीलानाथ एमालेमा प्रवेश गर्नुभएको हो । लीलानाथले अब नेपालको विकासको नेतृत्व वाम गठबन्धनले गर्छ भन्दै आफू एमालेमा प्रवेश गरेको बताउनुभयो । रासस












प्रतिक्रिया