२९ आश्विन २०८३, बिहिबार

२ सय ५३ गोलसँगै मेसीको ला लिगामा सर्वाधिक गोलकर्ताको रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messiकाठमाडौँ, ७ मंसिर । ला लिगामा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाईनी स्ट्राईकर लियोनेल मेस्सीले २ सय ५३ गोल गरेका छन् ।

शनिबार राति भएको ला लिगाको खेलमा सेभियाविरुद्ध ह्याट्रिक पूरा गरेपछि मेस्सीले ला लिगामा सर्वाधिक गोलकर्ताको रेकर्ड राखेका हुन् ।

ह्याट्रिकसँगै मेसी यस अघि टेल्मो जाराले गरेको २ सय ५१ गोलको कीर्तिमान तोड्न सफल भएका छन् ।

बार्सिलोनाबाट २ सय ५० खेल खेलेर मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ताको कीर्तिमान राख्न सफल भएका हुन् ।