
काठमाडौँ, ९ मंसिर । भोलि आइतबार निर्वाचन हुने ३२ जिल्लामा मतदान अवधिभर विना अनुमति गाडी चल्न पाउँने छैनन् । निर्वाचन नहुने अन्य ४५ जिल्लाहरुमा भने सामान्य रुपमा गाडी चल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार गाडी चल्न नपाउने जिल्लाहरुमा प्रदेश नम्बर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन् । प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा पनि आइतबार गाडी चल्ने छैनन् ।
त्यस्तै, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा तथा प्रदेश नम्बर ५ का रूकुम (पूर्वी भाग) र रोल्पामा पनि अनुमति विना आइतबार गाडी चलाउन पाइने छैन । यता प्रदेश नम्बर ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन अवधिभर गाडी नचल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।












प्रतिक्रिया