२२ कार्तिक २०८३, आइतबार

बाम गठबन्धनको ५ स्थानमा कोणसभा र घरदैलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ८ मंसिर । आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि बाम गठबन्धनले एकै दिन ५ स्थानमा घरदैलो गर्दै कोणसभा गरेको छ ।

सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार जयकुमार राई, प्रदेश सभाका १ ख का उम्मेदवार भिम आचार्य सहित समानुपातिक उम्मेदवारहरुले बराह नगरपालिकाका ५ स्थानमा घरदैलो गर्दै कोण सभा गरेका हुन् । साविक भरौल गाविसका तिनकुने, पिडारी, पुलाहा, ठुले चौंक, कालाबञ्जार विभिन्न स्थानमा भएको कोणसभामा प्रदेश ख का उम्मेदवार भिम आचार्यले भरौलमा रहेको नहर किनारमा कालोपत्रे सडक निर्माण गर्न भारत संग सहमती नजिक पुगेको बताउनुभयो ।

भारतले प्रस्ताव राखेको ३ मिटर चौडाई सडकलाई कालोपत्रे बनाउने विषयमा ५ मिटर कालोपत्रे बनाउने सहमती नजिक पुगेको उहाँको भनाई छ । ‘भारत सरकारले ३ मिटर मात्रै कालोपत्रे बनाउने भने पछि सहमती हुन सकेको छैन’्, हामीले ५ मिटर चौडाई कालोपत्र बनाउनु पर्छ भनेका छौं, उनले भने, ‘चाडै नै ५ मिटरमा सहमती भएर कालो पत्रे सडक बन्नेछ ।’

आचार्यले नेपाली कांग्रेसका नेताहरुले जित हात पार्दै प्रधानमन्त्री समेत बने पनि भरौला क्षेत्रमा केही विकाशको काम गर्न नसकेको उहाँको भनाई छ । नेकपा एमालेको तर्फबाट संविधान सभाको निर्वाचनमा विजयी हासिल गरे पछि भरौलको विकाश हुन थालेको उहाँको जिकिर रहेको छ । संविधान निर्माण गर्ने जिम्मेवारी पाए पनि संविधान निर्माण संगै एमालेको तर्फबाट विकाश निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउनुभयो ।

अघिल्लो निर्वाचनमा जित हासिल गरे पछि भरौल सहित बराहक्षेत्रका विभिन्न स्थानहरुमा ६ वटा पक्की बाटो, महत्वपुर्ण मठमन्दिरको संरक्षण, विद्यालय, उच्च तहको अध्ययन गर्ने विद्यालयहरुको विकाश कार्यमा संसद विकाश कोषबाट रकम खर्चिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभाका उम्मेदवार जयकुमार राईले एमालेका तर्फबाट भईरहेका विकाश कार्यलाई पुर्णता दिदै नयाँ योजनाहरु भरौलमा संचालन गरिने प्रतिबद्धता जनाउनुभयो । देशलाई समृद्ध तर्फ लान बामगठबन्धनको ५ वर्षे स्थायी सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । भरौलमा कृषि, पर्यटकीय क्षेत्रको विकाश गर्दै युवा स्वरोजगारको व्यवस्था गरिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

कोण सभाहरुलाई सम्बोधन गर्दै समानुपातिक तर्फका उम्मेदवारहरु एमालेको तर्फबाट सावित्रा श्रेष्ठ, श्याम नारायण राजधामी र नेकपा माओवादी केन्द्रको तर्फबाट समानुपातिक उम्मेदवार उमिता बराईलीले बाम गठबनधनले ५ वर्षको स्थायी सरकार बने पछि देश समृद्ध तर्फ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।