– विजय थापा
अमेरिका । गत वर्ष सन् २०१६ मा स्थापित एसोसिएसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल्स अफ अमेरिका (नापा)ले छात्रवृति प्रायोजनको लागि आव्हान गरेको छ ।
शैक्षिक उत्कृष्ट को लागि नापा छात्रवृति (नापा स्कलरशिप फर एकाडेमिक एक्सिलेन्स) नामक कार्यक्रमको लागि नापाले उक्त छात्रवृति व्यवस्था गरेको हो ।
छात्रवृति प्रायोजनको लागि अभिरुचि राख्ने जो कोही व्यक्तिगत तथा परिवारलाई समेतलाई समेत छात्रवृति प्रायोजनको लागि नापाले आग्रह गरेको छ ।
नेपालमा गरिव तथा जेहन्दार बिद्यार्थीको शैक्षिक उत्कृष्टको लागि नापा छात्रवृति स्थापना गरिएको जानकारी नापा का अध्यक्ष डा.लीलाबहादुर कार्कीले बताएका छन् ।
यो छात्रवृत्ति कृषिसँग आबद्ध शैक्षिक संस्थाहरुबाट परिश्रमी, गरिव तथा जेहन्दार बिद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्य सहित स्थापित गरिएको हो ।















प्रतिक्रिया