दोहा । कतारमा रहेका माओवादी केन्द्र र एमालेका भातृृ संगठनले प्रचण्डका साकार दाहाल (प्रकाश) र जनवादी गायक खुसीराम पाख्रिनको सम्झनामा श्रद्धाञ्जलि दिएका छन् ।
नेपाली जनप्रगतीशील मंच कतार र प्रवासी नेपाली मंचले सनैयामा बिहीबार संयुक्त कार्यक्रम गर्दै दाहाल पाख्रिनप्रति श्रद्धाञ्जलि दिइएको हो ।
मओवादी केन्द्रका मध्यपूर्व संयोजक सनिकुमार वलीले स्वर्गीय दाहालले विद्रोहबाट आएको नेताको सचिवालय ब्यवस्थापन र सुरक्षा लगाएतका चुनौतीपूर्ण कार्यलाई उत्कृष्ट रुपमा सम्पन्न गरेको भन्दै प्रशंसा गरे ।
शोक सभामा प्रवासी नेपाली मंच कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाइँले स्वर्गीया दाहाल र पाख्रिनको निधनबाट समग्र वामपान्थी आन्दोलनमा अपूर्णयीक्षति पुगेको भन्दै यस शोकलाई शक्तिमा बदलेर अगाडि बढनुपर्ने बताए ।
प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोख्रेलले स्वर्गीय प्रकाश दाहालको निधनप्रति सिङ्गो प्रवासी नेपाली मंच शोकमा डुबेको बताए ।















प्रतिक्रिया