खोटाङ, ७ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क)का प्रत्यक्ष उम्मेदवार सुवास कुमार पोखरेलले छिमेकी जिल्लाको तलुनामा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको बताएका छन् । केन्द्रमा पुग्ने नेता तथा सभासद बोल्नलाई डराउँदा त्यसको असर जिल्लालाई पर्ने गरेको उनको भनाइ छ ।
आगामी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि बिहीबार काँग्रेसले दिक्तेलमा गरेको घरदैलो अभियानका क्रममा त्रिवेणीचोकमा सभालाई सम्बोधन गर्दै उम्मेद्वार पोखरेलले भने, ‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । उनीहरु बोल्न नसकेका हुन् । बोल्न नसक्दा जिल्लालाई सधैँ अरुको विकास हेरेर बस्न बाध्य बनाइएको छ ।’
सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको विकास शुन्य हुँदा हजारौ युवायुवतीहरु खाँडी देशमा परिश्रम गर्न जानु परेको तितो यथार्थ भएको उनले बताए । अब त्यस्तो स्थिती आउन नदिने उनले प्रतिबद्धता जनाए । जनताले आफुलाई जिताएर केन्द्रमा पठाए सबैभन्दा पहिला जिल्लालाई सम्मृद्ध बनाउने घोषणा उनले गरेका छन् । जसका लागि नेता पोखरेलले सहयोग गर्न सबै स्थानीयलाई आग्रह गरेका छन् । मौन अवधिको समय नजिकिदै गर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघिय समाजवादी फोरम, बाम गठबन्धनले सक्दो घरदैलो अभियान दु्रत गतीमा गरीरहेका छन् ।












प्रतिक्रिया