२२ कार्तिक २०८३, आइतबार

कैलाली ४ नम्वरका वाम उम्मेदवारको घोषणापत्र सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी (कैलाली), ७ मंसिर । कैलाली क्षेत्र नम्बर ४ का बाम गठबन्धनका उम्मेदवारहरुले आफ्नो छुट्टै घोषणापत्र जारी गरेका छन् । सो क्षेत्रबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता लेखराज भट्ट, प्रदेश सभामा एमाले कैलालीका नेता दीर्घ सोडारी र एमालेकै कृष्णराज सुवेदी उम्मेदार छन् ।

बाम गठबन्धनको घोषणापत्रको बिहीबार माओबादी केन्द्रका नेता लेखराज भट्टले सार्बजनिक गरेका हुन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले सो घोषणापत्र सार्बजनिक गर्दे घोषणापत्रमा समेटिएका सवालहरु आगामी पाँच बर्षमा पुरा गर्ने बताए ।

घोषणापत्रमा सात नम्बर प्रदेशको आर्थिक राजधानी अत्तरियामा बनाउने उल्लेख छ । गठबन्धनको घोषणापत्रमा भौतिक पूर्वाधार तथा यातायात, सिँचाई खानेपानी, तटबन्ध तथा जलविद्युत्, कृषि तथा उत्पादन, शिक्षा तथा खेलकूद, धर्म संस्कृति तथा पर्यटन, वन तथा पर्यावरण, उद्योग, व्यापार तथा स्वरोजगार र सूचना तथा सञ्चारका विषयलाई छुट्टाछुट्टै व्यवस्थित तरिकाले बुँदागत रुपमा समेटिएको छ ।

नेता भट्टले अब केन्द्र र प्रदशेमा बामपन्थी सरकार बन्ने भएकोले घोषणापत्रमा समेटिएका विषयहरु समाधान गर्न सजिलो हुने विश्वास व्यक्त गरे । खुटिया–दिपायल फास्टट्रयाक चाडै बनाउनेदेखि धनगढी र अत्तरियालाई महानगर बनाउने योजना घोषणापत्रमा छन । जनसंख्या, सेवा सुविधाका हिसावले अत्तरिया प्रादेशिक राजधानी उपयुक्त हुने भएपनि त्यो विषय प्रदेश संसदले टुङ्गो लाउने हो घुमाउरो तरिकाले अत्तरियालाई राजधानी बनाउने कुरामा जोड दिदै नेता भट्टले भने राजधानी कहाँ बनाउने भन्नेमा पार्टीले औपचारिक निर्णय नगरेको बताए ।

उनले चुनाव आउनै लाग्दा कर्मचारी र प्रहरी अधिकृतको सरुवा गर्नु गलत भएपनि सरकारले भने जस्तो गरेर उनीहरु दुरुपयोग हुन्नन् भन्ने विश्वास आफूलाई रहेको बताए ।