गुल्मी, ७ मंसिर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बाम गठबन्धनका पक्षमा जनताको व्यापक लहर देखेर नेपाली कांग्रेस नेतृत्वको सरकार धाँधली गर्ने र निर्वाचनलाई प्रभावित गर्ने कार्यमा लागेको बताएका छन् । आज गुल्मीमा आयोजित चुनावी सभामा बोल्दै ज्ञवालीले चुनावलाई प्रभावित पार्न प्रधानमन्त्री शेरबहादुर देउवा नै लागि परेको आरोप लगाए ।
‘नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा यो चुनाब सार्ने खेलमा हुनुहुन्थ्यो, त्यो काम नालागेपछि अहिले प्रहरी प्रशासनको दुरुपयोग गरेर धाँधली गरेर जितिन्छ की भन्ने खेलमा हुनुहुन्छ,’ उनले भने– देउवाजीले त्यो सपना नदेखे हुन्छ । ति जमाना गए, अब जनता सचेत छन् ।’
आचारसंहिताको खिल्ली उडाउँदै सरकारले गरेका सरुवा, बढुवा र नियुक्ति बामपन्थी बहुमतको सरकारले खारेज गरिदिने चेतावनी उनले दिए । पछिल्ला दिनमा सरकारले गरेका सरुवा, बढुवाको उनले चर्को आलोचना गरेका थिए ।












प्रतिक्रिया