२२ कार्तिक २०८३, आइतबार

यी हुन् लोपोन्मुख गन्दर्भ जातिका एकमात्र उम्मेदवार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ६ मंसिर । आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणमा हुने निर्वावाचनमा बर्दियाबाट लोपोन्मुख गन्दर्भ समुदायका एक मात्र उम्मेदवार बनेका छन् – मानबहादुर बैगार । उनी नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् ।

६६ बर्षका मानबहादुर बर्दिया मधुवन नगरपालिकाका स्थायी बासिन्दा हुन् । पुर्व राष्ट्रसेवक कर्मचारी बैगार पछिल्लो समयमा राजनीतिक रुपमा सक्रिय कार्यकर्ताका रुपमा चिनिएका छन् । बैगारले आफ्नो लोपोन्मुख समुदाय तथा बिपन्न वर्ग संरक्षण प्रबर्धन र विकासका लागि समुदायको नेतृत्व गर्दै आएका छन् ।

नेपालको २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार गन्र्दभ जातिको जनसंख्या महिला ३ हजार १ सय ८३ र पुरुष ३ हजार ५ सय ३५ गरी जम्मा ६ हजार ७ सय १८ मात्र रहेको छ । भने बर्दियामा पुरुष १ सय २६ महिला १ सय ५४ गरि २ सय ८० जना मात्र रहेको छ । नेपालमा गन्दर्भ समुदायको पहाड तथा तराईमा गरी जिल्लामा ३३ जिल्लामा बसोबास रहेको छ ।