२२ कार्तिक २०८३, आइतबार

घरदैलोको नाउमा पैसा बाँड्दै भोट माग्दै वडा अध्यक्ष गौतम

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डिपी दर्माली

बर्दिया, ६ मंसिर । गुलरिया नगरपालिका वडा नं. ५ की वडा अध्यक्ष सावित्रा गौतम भोटका लागि पैसा बाडँदै हिडेको रहस्य खुलेको छ ।

गत साउन अन्तिम साता आएको बाढीबाट पीडित भएकाहरु राहतबाट छुटेका कारण रुष्ट भएको भन्दै राती राती उक्त छुट भएका बाढीपीडितहरुलाई नगदै रकम बाँड्दै हिडेपछि उक्त रहस्य खुलेको हो ।

गत सोमबार ४ गते राती करिव ९ बजेतिर नेपाली काँग्रेसको घरदैलोको नाउमा वडा सदस्य सरिता परियार, नेपाली काँग्रेसका कार्यकर्ता कृष्ण मोहन थारु र अन्य काँग्रेसका महिला कार्यकर्ताहरु घरघरमा पुगी रकम बाँडेका हुन् ।

राती कार्यकर्ता सहित गुलरिया ५ सोहेलवामा सुब्बा थारु र छोरा दिपु चौधरीको घरमा पुगेको वडा अध्यक्ष सावित्रा गौतम सहितको टोलीले बाढी पीडितको रकम हो, कसैलाई नभन्नु भन्दै नेपाली काँग्रेसलाई भोट हाल्ने सर्तमा १० हजार ५ सय रुपैया हातमा थमाएकी थिईन । चुनावमा काँग्रेसलाई सहयोग गर्ने सर्तमा आफुले रकम पाएको दिपु चौधरीले स्विकार समेत गरिसकेका छन् ।

सोहेलवा गाउँमा बाढीबाट पीडित राहतमा छुट भएकाहरुको घर परिवार संख्या २१ रहेको छ । छुट भएकाहरुलाई राहतको नाउँमा भोट माग्दै पैसा बाँड्ने नेपाली काँग्रेसको योजना रहेको समेत खुल्न आएको छ । बाढी पीडितबाट छुट भएका २१ मध्ये सुब्बा थारु पनि एक हुन । उक्त विषयमा वडा अध्यक्ष सावित्रा गौतमसंग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।