२२ कार्तिक २०८३, आइतबार

कञ्चनपुर २ मा मुक्त कमैया शिविरको समर्थन कांग्रेसलाई (लिखित प्रतिबद्धतासहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ६ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर २ मा मुक्त कमैया शिविरका अगुवाले नेपाली कांग्रेसलाई मतदान गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

मुक्त कमैया समाजका पूर्व अध्यक्ष तथा ओझाखाली शिविरका अध्यक्ष घासीराम रानाले सो क्षेत्रका कांग्रेस उम्मेदवार एनपी साउदको उपस्थितीमा सम्पूर्ण शिविरवासीको तर्फबाट कांग्रेसलाई समर्थन गर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।

यस्तै, मुक्त कमैयाको समस्या समाधानका लागि कांग्रेसका प्रभावशाली नेता एवं उम्मेदवार साउदले आफ्ना तर्फबाट ५ वटा सम्झौता समेत गरेका छन् । जसमा २२ बुँदे माग सम्बोधन, प्रदेश र केन्द्रमा राजनीतिक नियुक्ति, कमैया शिविरमा विशेष प्याकेज लगायत रहेका छन् ।

लिखित प्रतिबद्धता पत्र: