चितवन , ६ मंसिर । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कृष्णभक्त पोखरेलले पहाडी क्षेत्रमा खानेपानी र विजुली सेवा नपुगेको स्थानमा पु¥याउनका लागि आफ्नो भूमिका हुने बताउनु भएको छ ।
चुनावी प्रचारका क्रममा वुधवार विहान दारेचोकमा आयोजित चुनावी सभाको कार्यक्रममा सम्वोधन गर्दै उहाले खानेपानीको समस्या रहेको चण्डिभञ्ज्याङ, सिद्धी, काउले लगायतका क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने बताउनु भयो ।
पहिलो कार्यकालमा पूरा गर्न नसकिएका योजनाहरु अव पहिलो प्राथमिकतको आधारमा पूरा गर्नको लागि आफ्नो पहल हुने छ ।
खानेपानी लिनको लागि घण्टौ हिड्नु पर्ने वाध्यता पहाडी क्षेत्रमा रहेकाले शुद्ध पिउने पानी उपलब्ध गराउनको लागि परियोजना ल्याउने जानकारी दिनु भयो ।
त्यस्तै गरी विजुली वत्ती नपुगेको स्थानमा आउदो पाँच वर्षमा सवै स्थानमा विजुली सेवा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेता पोखरेलले सडक नपुगेको स्थानमा सडक सञ्जालले जोड्ने र स्थानीयलाई सदरमुकाम भरतपुर आउनको लागि सहज अवस्था सिर्जना गर्नको लागि आफूले काम गर्ने बताउनुभयो । कार्यक्रममा उहालाई हजारौ स्थानीयवासीले स्वागत गरेका थिए ।













प्रतिक्रिया