काठमाडौँ, ३० कात्तिक । बाम गठबन्धनका विभिन्न चुनावी सभामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहीबार संबोधन गर्ने भएका छन् । आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आजोजना हुने चारवटा संयुक्त चुनावी सभालाई ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्षद्वय ओली र दाहालले बिहीबार स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजना हुने संयुक्त सभालाई सम्बोधन गर्नेछन् । आममतदाताको मनोवल माथि उठाउन संबोधनको क्रममा अपिल गरिने बताइएको छ । साथै, सरकारी निकायबाट हुनसक्ने धाँधलीबारे पनि जनतालाई सचेत गराउने कार्यक्रम रहेको छ ।
अध्यक्षद्वय ओली र दाहालले बुधबार गोरखा र लमजुङमा आयोजित पाँचवटा चुनावी सभालाई संबोधन गरेका छन् । पाँचवटै चुनावी सभामा जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।











प्रतिक्रिया