धनकुटा, ३० कात्तिक । उद्योग मन्त्री एवम् राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउने दाबी गरेका छन् ।
उनले भने, ‘धनकुटा सबै कारणले प्रदेश नम्बर १ को राजधानीबन्न योग्य छ, भौगोलिक, जातीय, भाषिक, लैंिगक रुपमापनिधनकुटा सम्पन्न छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले धनकुटामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रीय कार्यालय भएको हिसाबले पनि प्रदेश नम्बर एकको राजधानी हुने जिकिर गरेका छन् ।
उनले भने, ‘एमाले र माओवादी केन्द्रका साथीहरुले धनकुटालाई राजधानी बनाउन हुँदैन भनेर लागि परिरहेको हामीले थाहापाएका छौं, तर म भन्छु, धनकुटालाई नै प्रदेशको राजधानी बनाउँनु पर्छ ।’
उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनको लागि अपील समेत गरे । उनले भने, ‘हेर्नुहोस्, विकास भन्ने कुरा यति वा उति भनेर नाप्न सकिने कुरा होइन, तर विकास भन्ने कुरा क्रमिक रुपमा बढ्दै जान्छ, कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरमका साथीहरु संयुक्त अठोटका साथ अघि बढिरहेका छौं, अब जनतालाई समृद्ध बनाउनकुनै कसर बाँकी राख्दैनौं ।’
थापाले एमाले अध्यक्ष केपी ओलीले भनेजस्तो वाम गठबन्धनको बहुमत नआउने दाबी गरे । उनले भने, ‘संयुक्त लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ, हेर्दै जानुहोला हामी सरकार बनाउँछौं ।’ उनले अहिलेको निर्वाचन लोकतान्त्रिक शक्ति र कम्युनिष्टहरूवीचको जनमत संग्रह भएको दाबी गरे ।
विश्वमै कम्युनिष्ट शासन स्खलित हुँदै गएकोले नेपाली जनताले नेपालमा कम्युनिष्ट शासन नरुचाएको उनको दाबी थियो ।











प्रतिक्रिया