१२ मंसिर २०८३, शनिबार

भारतीय भूमिमा नेपाली व्यापारीमाथि गोली प्रहार

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ३० कात्तिक । सर्लाही जिल्लाका कपडा व्यापारीलाई भारतमा गोली प्रहार भएको छ । अपरिचित समूहले हानेको गोली लागेर मलंगवा ९ का राकेश चौधरी घाइते भएका छन् ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला बुधबार राति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलार्इ गोली हानेको सर्लाही प्रहरीले जनाएको छ ।

चौधरीलाई नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा गोली हानिएको थियो । गोली लागेपनि चौधरीले मोटरसाइकल चलाएरै नेपाली भूमिमा आएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।