१ कार्तिक २०८३, आइतबार

२०७१ सालको एसएलसी परीक्षाको तालिका सार्वजनिक, चैत्र ५ बाट सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcकाठमाडौँ, ४ मंसिर  । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसी) आगामी चैत्र ५ गतेबाट सुरु हुने भएको छ ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्डको बिहीबार सकेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षा आगामी चैत ५ देखि १६ गतेसम्म सञ्चालन हुने छ । १३ गतेसम्म सैद्धान्तिक बिषयको परीक्षा हुनेछ ।

परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन गणित र चौथो दिन विज्ञान विषयको परीक्षा हुने छ ।
त्यसपछि क्रमस सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, ऐच्छिक प्रथम र ऐच्छिक दोस्रोको परीक्षा हुनेछ ।