१२ मंसिर २०८३, शनिबार

लालबाबुको घोषणाः चुनावपछि ओली प्रधानमन्त्री, माधव नेपाल राष्ट्रपति

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ कात्तिक । नेकपा एमालेका नेता एवम् मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयी हुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पण्डितले भने, ‘म मैैदानमा आउनुभन्दा ९ महिना अघि नै भनेको छु कि म चुनाव जित्छु, किनकी कांग्रेसका उम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुन नदिन प्रपञ्च रचेको कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ, त्यतिमात्रै नभए विराटनगरलाई प्रदेशको राजधानी बनाउन नदिने षड्यन्त्र पनि उहाँले नै गर्नुभएको हो ।’

उनले आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै यही विषयलाई लिएर चुनावी मैदानमा आएको दाबी गरे । उनले भने, ‘ऋषिजी तपाईसँग शेखरजीले सय प्रतिशत मतले जित्छु भन्नुभएछ, तर म २०० प्रतिशत विश्वस्त छुु, म चुनाव जित्छु, घोषणा हुनमात्रै बाँकी छ ।’

उनले मोरङ मनमोहन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँ कुनै कोइरालाको केही चल्ने वाला नभएको समेत जिकिर गरे । उनले थपे, ‘म त अहिले जित्नको लागि मैदानमा छु, यो क्षेत्रका जनताले मलाई रुचाउनुभएको छ, मलाई जिताउनको लागि उहाँहरु आँतुर हुनुहुन्छ।’

उनले उक्त क्षेत्रमा शेखर कोइरालाको विपक्षमा जनमत रहेको समेत दाबी गरे । ‘पण्डित यहीभुमिमा छ, यो पण्डितले जनताका घर–घरमा राजनीति पुर्याउने गरेको छ, विराटनगर मात्रै होईन, मेरो बारेमा देशका जनता सबैलाई थाहा छ, म त टुपुक्क विराटनगर आएको होईन नि, म त यही क्षेत्रका जनताको सेवामा निरन्तर लागिपरिरहेको छु’–उनले भने ।

आफू कहिल्यै पनि मधेशको विरोधी नभएको उनको जिकिर थियो । उनले थपे, ‘म त भन्छु मधेशी जनता कहिल्यै पनि देश र जनताको विरोधी थिएनन्, तर पनि मधेशलाई जसले टुक्रा बनाएर अलग बनाउन चाहेका थिए, हो म तीनीहरुको पक्षमा थिईंन, तर म मधेशको समृद्धिको पक्षमा जहिल्यै पनि छु, लालबाबु पण्डितले जहिले जहिले अवसर पाएको छ, देश र जनताको लागि पहिलो नम्बरमा काम गरेको छु ।’

उनले अबको निर्वाचनमा आफूहरुको लक्ष्यदुई तिहाई नै भएकोले सरकार बनाउनको लागि स्पष्ट बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले थपे, ‘दुई तिहाई ल्याउने संभव छ, हामी त दुई तिहाईको लागि हिँडेका हौं । जनताको चाहनाअनुसार संविधान संशोधन गर्छों । संविधान ढुँगामा लेखिएको शिलानास होईन, तर हामी संविधानलाई समृद्ध बनाउँछौं । वामपन्थी गठबन्धनको नेतृत्वमा संविधान संशोधन हुन्छ ।’

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको भनाई थियो । उनले थपे, ‘माधव नेपालपनि महत्वपूर्ण जिम्मेवारीमा आउनुहुन्छ । राष्ट्रपति पनि बन्न सक्नुहुन्छ । देशलाई सिँगो गठबन्धनले डोर्याउँछ ।’

एमाले–माओवादी केन्द्रवीचको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताउँदै थपे,‘यसमा अविश्वास नगर्नुहोला । पार्टी एकता हुन्छ ।’ यद्धपी उनले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउनेबारे दुई पार्टीहरुवीच कुनै सहमति नभएको स्पष्ट पारे ।