– नरेश केसी
भैरहवा, २९ कात्तिक । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चुनावको लागी झुठ्ठा आश्वासन र सस्तो विज्ञापन आफूले नगर्ने बताएका छन् ।
उनले भने– “हामी भोलि पुरा गर्न सकिने कार्यक्रम र आश्वासन मात्रै तपाईहरुलाई दिन्छौं । किनकी निर्वाचन पछि बामगठन्धनको बहुमतीय सरकार बन्छ त्यसैले हामीले अहिले जे बोल्छौं ती भोलीका सरकारे कार्यक्रम र नीति बन्छन् ।”
बाम गठबन्धनले बुधबार भैरहवामा आयोजना गरेको प्रतिबद्धतापत्र सार्बजनिक तथा पत्रकार सम्मेलनमा बोल्दै भुसालले मुलुकको समृद्धिको लागी बामहरु एकै ठाम भएको पनि बताए ।
रुपन्देही ३ को प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार भुसालले अत्यन्तै शालिन भाषा र मिठासपुर्ण अभिव्यक्तिका साथ आफ्ना भनाइहरु राखिरहदा सधैं नेताको भाषण सुन्नमा झर्को मान्ने पत्रकाहरु पनि समयको पर्वाह नै नगरी चाख लिएर उनका कुरा सुनिरहेका थिए ।
७ पृष्ठ लामो प्रतिबद्धता पत्रका बारेमा जानकारी गराउदैं उनले ७० बर्षपछि नेपाली जनताको चाहाना अनुसार बाम गठबन्धनको सरकार बन्न लागेकाले प्रतिबद्धता पत्रमा समेटिएका बिकास र समृद्धिको मोडेल पुरा गरेरै छाडने बताए । उनले केरुगं काठमाडौ पोखरा लुम्बिनी हुँदै नेपाल भारत सीमा नाका बेलहहियामा रेल मार्ग बिस्तार गरेर चाडैनै भारतिय र चिनियाको भेट गराउने बताउदै रेल मार्गको बिस्तार सँगै समग्र रुपन्देहीको बिकासले पmडको मार्नै दाबी गरे । पत्रकार सम्मेलनमा बितरित प्रतिबद्धता पत्रमा प्रादेशिक एव राष्ट्रिय गौरबका आयोजनाहरुलाई समयमै सँम्पन्न गर्नै तथा प्रक्रियामा रहेका योजनाहरुलाई कार्यान्वनमा ल्याउने प्रतिबद्धता जनाईएको छ ।
गौतम बुद्ध अन्तराष््िरट्रय बिमानस्थल, बेथरी बेलबास नहर सहितको हरित सडक आयोजना, बेलहिया बुटवल ब्यापारिक मार्ग बिस्तार आयोजना लाई समयमै सँम्पन्न गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी पूर्व पश्चिम बिद्युतिय रेलमार्ग निर्माण, कोरला नाका देखी सुनौली सडक कालिगण्डकी कोरिडोर आयोजना,हुलाकी राजमार्ग चार लेन,सिद्धार्थनगरमा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट मैदान,केरुड पोखरा लुम्बिनि बेलहिया रेल मार्ग,कालि गण्डकी बहुदश्यिय डाईभर्सन, भैरहवाको सभागृह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको रुपमा स्तरोन्नती, तिनाउ र दानब नदीमा सँचालित जनताको तटबन्ध, तिनाउ कोरिडोर बिकास लगायत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी भैरहवामा स्थायी प्रदर्शनी स्थल, अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान, प्रर्याप्त बिद्युतको ब्यबस्था मिलाउदै सिद्धार्थनगरको एतिहासिक दिपावलिलाई पुनस्र्थापना गरी प्रबद्र्धन गरिने, बेलहिया भन्सार नाकामा ब्यवसायीहरुले भोगेको समस्यालाई अन्त्य गर्न सरकार बाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको एकिकृत जाँच चौकी स्थापना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै योग र ध्यानलाई प्राथमिकतामा राखेर योग शिक्षा पद्धती सँग जोडेर लगिने, स्वाथ्य सेवालाई सर्बसुलभ र भरपर्दाै बनाउन आवश्यक योजना बनाई प्रत्येक गाँउपालिकामा २५ बेडको सामुदायिक अस्पताल सँचालनमा ल्याउने, जेष्ठ नागरिकहरु, अपाडता र पmरक क्षमता भएकाहरुका लागी बिशिष्ठ रोगहरुको उपचार र औषधी निशुल्क गरिने, नगरवासीलाई पायक पर्ने स्थानमा पार्क सहित विशेष पर्यटकीय क्षेत्रहरु बनाइनेछ जहाँ साँझपख, विशेष अवसरमा नगरवासी र पर्यटकहरु समेत रमाउने छन् । यसका लागि सिटी दृश्यावलोकन गर्न सकिने टावर, पानीको फोहोरा सहितको कृत्रिम ताल, मानिस हिँड्ने पेटी, ट्रयाक सहितका पेटी, स्वच्छ हावा पानी जस्ता कुराहरुलाई ध्यानमा राखेर निर्माण गरिने, चिल्हिया क्षेत्रमा अवस्थित संरक्षित वनलाई पर्यटकीय हिसाबले समेत प्रयोग गर्न आवश्यक कार्यक्रम ल्याइनेछ । जसका कारण त्यस क्षेत्रका बासिन्दाको आय बढाउन सहयोग पुग्ने, राष्ट्रिय स्तरका पर्यटकको नाकाको रुपमा यस क्षेत्रलाई विकास गरिने, बेलहिया देखि लुम्बिनीसम्म मार्गको विशेष सजावट गरी विश्वशान्तिको बिषेश मार्गको रुपमा विकास गरिने,भैरहवामा एक अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको पर्यटक सूचना केन्द्र स्थापना गरिने र यहाँका आदिवासी थारु समुदायको कला संस्कृतिको जगेर्नाका लागि स्थानीय तहको योजनामा आधारित भईविशिष्ट स्थानहरुमा थारु सांँस्कृतिक संग्रहालय र त्यस वरिपरी होमस्टे सञ्चालन गरी जीविकोपार्जन र स्वरोजगारीको सिर्जना गरिने उल्लेख गरिएको छ ।
वौद्घिक र प्राबिधिक जनशक्तिलाई राष्ट्र निर्माणका लागि स्वदेश फर्काउने कार्यक्रम ल्याइने छ ,युवाहरुका लागि रोजगारमूलक प्राविधिक सीप, स्वरोजगार र उद्यमशीलताको अवसर बढाउँदै स्वदेशी र वैदेशिक लगानीका उद्योगहरुमा स्वदेशकै श्रम र रोजगारी दिने नीति कायम गरिने, आगामी ५ बर्षमा एक घर एक रोजगारको वातावरण कायम गरिने, खेलकूद परिषद्लाई स्थानीय तहसम्म बिस्तार गरी युवा क्रियाशीलता बढाउने, सिद्धार्थ रंगशालाको स्तरोन्नति गरी अन्तराष्ट्रिय क्रिकेट मैदानको रुपमा विकास, एक नगर तथा गाउँपालिका एक रंगशाला निर्माणलाई जोड दिइने, पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सामुदायिक तहमा स्थापित गर्दै सामुदायिक मिडिया र मोफसलका मिडियाको प्रबद्र्धन, महत्वपूर्ण स्थानमा फ्रि वाईफाई जोनको विकास गर्दै ५ नम्बर प्रदेश स्तरीयआम संचार अध्ययन एवं प्रशिक्षण केन्द्र रुपन्देहीमा स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रदेश सभा १ अन्तरगत मोतिपुर आद्योगिक क्षेत्र विकास, बर्गदहवा मन्दिरको उत्खनन र पर्यटकीय विकास, तामनगर सेमलार फर्साटिकर तिनाउ दानव नदीमा पुल,बाउन्नकोटी सामुदायिक वन भ्यू टावर र जङ्गल सफारी,ग्रामीण तथा कृषि पर्यटन, व्यवस्थित साप्ताहिक हाटबजार,स्रोत केन्द्र सहितको पुस्तकालय स्थापना गरिने बताईएको छ ।
प्रदेश सभा २ अन्तरगत रोहिणी–डण्डा जल पर्यटन, पर्यटन सूचना केन्द्र अव्यवस्थित बसोवासीको समस्या समाधान,औद्योगिक व्यापारिक हव तथा प्रदर्शनी स्थल,एक गाउँपालिका एक रंगशाला,स्वच्छ पिउने पानी,एक स्थानीय सरकार, एक सामुदायिक अस्पताल (२५ शैया),लागू औषध दुव्र्यसनी पुर्नस्थापना केन्द्र र अनाथ तथा सडक बालबालिका पुर्नस्थापना गरिने जनाईएको छ ।
प्रतिबद्धता तथा पत्रकार सम्मेलनमा प्रदेश न १ का उम्मेदवार बिश्वास बराल,२ का उम्मेदवार तुल्सी चौधरी, नेकपा माओबादी केन्द्र केन्द्रिय सचिवालय सदस्य हकिउल्लाह खाँ, नेकपा एमालेका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरे, सयुक्त बाम गठबन्धन क्षेत्र न ३ का निर्वाचन परिचालन कमिटिका सँयोजक हितराज पन्थी, माओबादी केन्द्र रुपन्देहीका सहईन्चार्ज मकसुद अलि, संयुक्त प्रचार प्रसार समिती रुपन्देही ३ का संयोजक नरेश के.सी लगायतले बोलेका थिए ।
सो कार्यक्रममा एमाले तथा माओवादी केन्द्रका केन्द्रीय तथा जिल्ला तहका नेताहरुको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया