गोरखा, २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकार नै अन्तिम सरकार भएको बताएका छन् ।
गोरखाको क्षेत्र नम्बर २ मा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावबाट कांग्रेस प्रतिपक्षीको भुमिकामा आउने र वाम गठबन्धनले स्थायी सरकारको नेतृत्व गर्ने उदघोष गरे ।
सभालाई माओवादी अध्यक्ष प्रचण्डले पनि सम्बोधन गरेका थिए । दुबै नेताले बाम एकतालाई अब दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने बताए । एकै मञ्चबाट बोल्दै आफूहरुको एकता कसैले पनि भाड्न नसक्ने उनीहरुले दाबी गरे ।
एमाले अध्यक्ष ओलीले देश बनाउने, विकास गर्ने र देश बनाई समृद्धिको बाटोमा लैजाने संकल्पका साथ दुई पार्टी एकताबद्ध भएको बताए ।
अध्यक्ष ओलीले आफूहरुको लक्ष्य समाजवाद नै रहेको उल्लेख गर्दै कांग्रेसले जनतालाई वस्ता नगर्ने नाफाखोर प्रवृति पुजीवादी व्यवस्था तर्फ लगेको आरोप लगाए । बाम गठबन्धनले जितेपछि जनताको हेरविचार गर्ने, जनताद्धारा निर्वाचित सरकार, जनताको निम्ती गास बास र कपासको व्यवस्था गर्ने सरकार बन्ने दाबी गरे ।












प्रतिक्रिया