काठमाडौं, २९ कात्तिक । चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो एक विशेष दूतलाई उत्तर कोरिया पठाउने तयारी गरेका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सङ ताओ नामक कूटनीतिज्ञले ‘विशेष दूत’का रुपमा शुक्रबारदेखि उत्तर कोरियाको भ्रमण गर्नेछन् ।
कोरियाली प्रायद्वीपमा तनाव जारी रहँदा चिनियाँ राष्ट्रपति सीले कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको बारेमा उत्तर कोरियाली अधिकारीहरुलाई विस्तृत रुपमा जानकारी गराउन विशेष दूत पठाउन लागेको बताइएको छ । भ्रमणमा अरु के विषयमा छलफल हुन्छ र भ्रमण कति दिनको हुन्छ भन्ने केही खुलाइएको छैन् ।












प्रतिक्रिया