१ कार्तिक २०८३, आइतबार

अनिश्चितकालीन यातायात बन्द फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ४ मंसिर । यातायात व्यवसायीले बुधबारदेखि गरेको अनिश्चितकालीन यातायात बन्द बिहीबारदेखि फिर्ता लिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलाममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, सुरक्षा निकायका पदाधिकारी र यातायात व्यवसायीबीच भएको वार्तामा यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न वार्ता गर्ने र पक्राउ परेका यातायात व्यवसायी तथा मजदुरलाई बिनाशर्त रिहाइ गर्ने सहमतिपछि बन्द फिर्ता लिएको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो ।

विर्तामोडमा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र मजदुरका प्रतिनिधिबीच बिहीबार दिउँसो वार्ता हुने सुब्बाले जानकारी दिनुभयो ।

बन्द फिर्तापछि मेचीराजमार्ग र जिल्लाका ग्रामीण भेगमा पूर्ववत्रूपमा सवारीसाधन चलेका छन् । एकदिनको बन्दले इलाम घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई असर परेको थियो ।

नेपाल सरकारले २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने, हुट हटाउने, गाडीका पुर्जाबिना स्वीकृति परिवर्तन गर्न नपाउनेजस्ता नीति लागू गरेको विरोधमा मेची अञ्चलका यातायात व्यवसायीले बुधबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेका थिए ।