कपिलवस्तु, ३ मंसिर । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम संवैधानिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको कडा आलोचन गर्नुभएको छ ।
लुम्बिनी क्षेत्रको सुरक्षा अवस्था बुझ्न बुधबार कपिलवस्तु आउनु भएका गौतमले भट्टराई कै कारण संविधान निर्माण प्रक्रिया अन्योलमा परेको भन्दै उहाँको आलोचना गर्नुभएको हो । कडा स्वाभावका गौतमले सञ्चारकर्मीको प्रश्नको जवाफ पनि त्यसैगरी फर्काउनुभयो ।
गौतमलाई सञ्चारकमीले बैठक स्थगित भएको अवस्थामा कसरी माघ ८ मा संविधान दिनुहुन्छ ? भनेर प्रश्न गरेका थिए । उहाँले सञ्चारकर्मीको प्रश्न भुईमा खन्न नपाउँदै कट्किएर भन्नुभयो– ‘बाबुराम भट्टराई को हुन ? कसले उनलाई त्यो हैसियत दियो ?, संविधानसभामा उनी पनि म जस्तै एक सभासद हुन ।’
उहाँले भट्टराईले काँग्रेस र एमालेको प्रस्ताव संविधानसभामा पेश नगरे पनि संविधान नरोकिने चेतावनी पनि दिनुभयो ।
उहाँले आफु असफल भएको एमाओवादीले कांग्रेस–एमालेलाई पनि असफल बनाउन लागि परेको आरोप समेत लगाउनुभयो ।
उहाँले माओवादीको पछि नलाग्ने भन्दै बहुमतबाटै संविधान दिने चेतावनी दिनुभयो ।















प्रतिक्रिया