१ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेले दम्भ देखाए भने जनसरकार घोषणा गरेर समानान्तर राज्य चलाउछौँः किराँती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopal-kiratiकाठमाडौं, ३ मंसिर । एमाओवादी समर्थित ३५ वटा जनवर्गीय संगठनको संयुक्त राष्ट्रिय मोर्चाले काँग्रेस र एमालेले दुई तिहाईको दम्भ देखाएर संविधानजारी गर्न खोजे सशक्तप्रतिकार गर्ने चेतावनी दिएको छ ।

मोर्चाको काठमाडौंमा सम्पन्न पाँचौ बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाले यस्तो चेतावनी दिएको  हो ।

विगतमा भएका १२ वुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेश आन्दोलन, जनजाति आन्दोलनलगायतका विभिन्न आन्दोलनमा भएका सहमतिहरुलाई लत्याएर अघि बढे दुई तिहाई होइन सय एक सभासदले पनि संविधानजारी गर्न नसक्ने मोचाको दाबी छ ।

मोर्चाका महासचिव गोपाल किराँतीले बहुमतको दम्भ देखाएर काँग्रेस र एमालेले संविधानजारी गरे त्यो अन्तरिम संविधानको समेत खिलाफमा हुने भन्दै आफूहरु अदालत जाने चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो– ‘अन्तरिम संविधानको धारा १३८ बमोजिम काँग्रेस र एमालेले संविधान ल्याउन नचाहे त्यही धारालाई टेकेर त्यसरी ल्याएको संविधान बदर गराउन हामी अदालतको ढोका ढक्ढकाउन जान्छौं ।’

किराँतीले बहुमतको दम्भ देखाएर काँग्रेस–एमालेले जनविरोधी संविधानजारी गरे आफुहरु बाध्यभएर त्यसको विरुद्धमा स्वायत्त जनसरकार घोषणा गर्ने र समानान्तर राज्यचलाउने समेत उद्घोष गर्नुभयो ।

‘हामीले माघ ८ गतेभित्रै जनपक्षीय संविधानबनाउनकै लागि भनेर संयूक्त राष्ट्रिय मोर्चाको गठन गरेका हौं,’ उहाँले भन्नुभयो, ‘गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी निर्वाचन प्रणाली जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न जोडदार आन्दोलन गर्न समेत मोर्चा तयार छ । ’

मोर्चाले सार्वजनिक गरेको निर्णहरुमा परिवर्तन र पहिचान सहितको संविधान जारी नगरे सशक्त आन्दोलन गर्ने, जनविरोधी संविधान जारी गरिए स्वायत्त सरकार गठन गर्ने, संघीय गणतान्त्रिक मोर्चा र पद्मरत्न तुलाधरको नेतृत्वको आदिवासी जनजाती मोर्चाबीच सहकार्य गर्ने, दुई महिनाको लागि अध्यक्ष प्रचण्डवारे नकारात्मक टिकाटिप्पणी बन्दगर्ने लगायतका छन् ।

त्यस्तै मोर्चाले स्वयम सेवक फोर्सका प्रमुखहरुको समेत घोषणा गरेको छ ।