२८ आश्विन २०८३, बुधबार

सेक्सका लागि प्रेमको नाटक गर्छन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
niruta-singh1
तपाइँको विचारमा सेक्स के हो?
 
सेक्स प्रकृतिको बरदान हो। मानवीय जीवनको आवश्यकता हो।
 
सेक्स एजुकेसन कत्तिको आवश्यक छ?

एकदमै आवश्यक छ। घर होस् वा स्कूल, सेक्सबारे खुलेर कुरा गर्दा नै राम्रो हुन्छ।

विवाह पूर्वको सेक्समा सहमत हुनुहुन्छ?

प्रेमी-प्रेमीकाबीच राम्रो समझदारी छ र ती एकअर्काप्रति लोयल छन् भने त्यसलाई म नराम्रो भन्दिनँ। प्रेमको अन्तिम विन्दू भनेकै सेक्स हो।

अहिलेको युवा पुस्ताको सेक्सप्रतिको उदारतालाई कसरी मूल्यांकन गर्नुहुन्छ?

अहिलेका युवापुस्ता प्रेमभन्दा पनि सेक्सप्रति बढी इच्छुक देखिन्छन्। प्रेमको लागि सेक्स होइन, उनीहरु सेक्सको लागि प्रेमको नाटक गर्छन्।

सेक्स सबैका लागि चासोको विषय भएर हो कि?

चासोभन्दा पनि सेक्स एजुकेसनको अभावले गर्दा यसो भएको हो।

नेपालमा रेडलाइट एरिया आवश्यक छ?

रेडलाइट एरिया भएमा सेक्स क्राइम कम हुन्थ्यो कि भन्ने मेरो सोचाइ छ।

-शुक्रवार साप्ताहिक

niruta-singh