२२ कार्तिक २०८३, आइतबार

बाम गठबन्धनको संयुक्त घरदैलो लेकसाइडमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), २६ कात्तिक । कास्की क्षेत्र नम्बर ३ (ख)का उम्मेदवारहरुले आइतबार पोखराको लेक साइडमा संयुक्त घरदैलो गरेका छन् । घरदैलो कार्यक्रम सुरु गर्दे एमालेका नेता गणेश तिमिल्सिनाले विगत पचास वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न बाम गठबन्धन भएको बताएका थिए ।

आगामी दश वर्षमा पचास लाख पर्यटकहरु नेपाल भित्र्याउने लक्ष्यसहित चुनावमा सहभागी प्रतिनिधी सभाका उम्मेदवार जगत विश्वकर्माले बताए । विकास तथा समृद्धिको सन्र्दभमा नागरिक अधिकार ,अवसर, सुरक्षा र सम्मानका चार स्तम्भलाई सुदृढ गर्न जनताको काम गरेर सेवक बन्न उम्मेदवारी दिएको प्रदेश ३ (ख)का उम्मेदवार राजीव पहारीले बताएका थिए । घर दैलोमा स्थानीयले बाजागाजासहित उम्मेदवारलाई शुभकामना दिएका थिए ।