६ कार्तिक २०८३, शुक्रबार

नेपाल र अध्यक्ष गान्धी भेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepalकाठमाडौँ, ३ मंसिर । भारको नयाँ दिल्लीमा रहनुभएका नेकपा एमालेका नेता माधवकुमार नेपालले भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत नेता र उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

नेता नेपालका सहयोगी मोहन गौतमका अनुसार नेपालले मङ्गलबार अध्यक्ष गान्धीसँग भेट गरी दुई देशको आपसी हित र सम्बन्धबारे कुराकानी गर्नुभयो ।

यस्तै उहाँले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पनि भेट गर्नुभयो । एक अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा भारत पुग्नुभएका नेपालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा पनि सहभागी हुनुभयो ।

भारतमा रहनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि सो रिसेप्सनमा सहभागी हुनुभयो । नेपालका स्वकीय सचिव गौतमका अनुसार नेपाल आज राती १० बजे स्वदेश फर्किने कार्यक्रम छ ।