१ कार्तिक २०८३, आइतबार

बाबुराम व्यक्तिगत ढंगले चल्न थालेकाले समस्या भयोः पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishor-Pokhrelविराटनगर, ३ मंसिर  । एमाले महासचिव ईश्वर पोखरेलले संवैधानिकर राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई व्यक्तिगत ढंगले चल्न खोजेकाले समयस्या भएको अरोप लगाउनु भएको छ ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो ।

एमाओवादीका नेता समेत रहनु भएका भट्टराईले अराजनीतिक तर्क दिदैँ हिडेको समेत उहाँले आरोप लगाउनुभयो ।

‘बाबुरामजी संविधानका अन्तरवस्तुमा भएको छलफललाई संविधान सभामा नलाने तर्कहीन कुरा गर्दे हिड्नु भएको छ,’ पोखरेलले भन्नुभयो, ‘लोकतन्त्रमा यस्तो पुर्वाग्रही बन्नुको कुनै तुक छैन ।’

उहाँले एमाओवादी सहमतिमा आए सरकारमा सामेल गराएर  सम्मानजनक मन्त्रालयको जिम्मेवारी समेत दिन सकिने उहाँले बताउनु भयो ।