परासी, २६ कात्तिक । नेकपा एमाले नवलपरासीमा प्रवेशको लहर चलेको छ । पछिल्लो समयमा नवलपरासीमा चर्चामा रहेका युवा समाजसेवी, व्यवसायी, खेलाडीहरु धमाधम प्रवेश गरिरहेका छन् ।
यसैक्रममा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी नवलपरासीका पुर्व अध्यक्ष जगदिश चौधरी पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । पाल्ही बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक पनि हुनुहुन्छ ।
यसैगरी तमलोपा निकटकै युवा फ्रन्टका जिल्ला अध्यक्ष सरोज कुमार चौधरी, राजपाका जिल्ला सदस्य लोकबहादुर चौधरी सहित ५०औं जना आज एमालेमा प्रवेश गरेका हुन् ।
रामग्राम नगरपालिकामा आज भएको भेलामा एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।












प्रतिक्रिया