नुवाकोट, ३ मंसिर । नुवाकोटको ककनी गाविस–३ रानीपौवामा रहेको सरकारी भवन प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ ।
सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएका सरकारी कार्यालय गाउँ नफर्कंदा रिक्त भएसँगै प्रयोग नहँदा सरकारी कार्यालय जीर्ण बन्न पुगेका छन् ।
वन कार्यालय, कृषि विकास कार्यालय नुवाकोट, सडक विभाग नुवाकोटको भवनलगायतका सरकारी कार्यालय प्रयोगविहीन भएको हो ।
द्वन्द्वको समयमा ध्वस्त भएको गाविसको कार्यालय पुनः मर्मत नहुँदा भाडामा बस्दै आएको छ ।
गाविसमा धरै सरकारी कार्यालयका भवन प्रयोगविहीन हँदा केहीको दुरुपयोगसमेत हुन थालेको स्थानीयवासीले बताएका छन् ।
प्रयोगविहीन र दुरुपयोगले लाखौँ रुपैयाँ खर्च गरेको सरकारी भवन जीर्ण बन्दै गए पनि सरोकारवाला निकाय मौन रहँदै आएका छन् ।
ककनी गाविसमा दर्जनभन्दा बढी सरकारी कार्यालय प्रयोगविहीन हँदै आए पनि अख्तियारी नपाउँदा गाविसको कार्यालय भने भाडाको घरमा सञ्चालन गर्नु परेको गुनासो गाविससचिव होमराज पाण्डेले गर्नुभयो ।















प्रतिक्रिया