१ कार्तिक २०८३, आइतबार

मजदुरमारा रिक्सा सञ्चालनमा रोक लगाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

erickshaw (9)दमक, ३ मंसिर । ब्याट्रीबाट चल्ने सिटी सफारी रिक्सा सञ्चालनमा रोक लगाउन झापाका विभिन्न मजदुर सङ्गठनले माग गरेका छन् ।

मजदुरसँग सम्बद्ध विभिन्न चारवटा संस्थाले सिटी सफारीका कारण रिक्सा चालकको रोजीरोटी सङ्कटमा परेको भन्दै तत्काल सञ्चालनमा रोक लगाइदिन प्रशासनसँग माग गरेका हुन् ।

सोमबार झापाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै दिइएको ज्ञापनपत्रमा कानुनी रूपमा मान्यता दिएपछि  मात्र सञ्चालनमा अनुमति दिन माग गरिएको छ ।

ज्ञापनपत्रमा रिक्सा चालकलाई सहुलियतमा ऋण सुविधा दिई सोही सवारी किन्ने वातावरण बनाई दिन पहल गर्न मागसमेत गरिएको छ ।

जिल्लाका ६ वटै नगरपालिका, ट्राफिक प्रहरी, यातायात कार्यालयलाई समेत पत्रको बोधार्थ दिइएको छ । नेपाल टे«ड युनियन महासङ्घ मेची, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले ज्ञापनपत्र बुझाएका हुन् ।