इलाम, २५ कात्तिक । झलनाथ खनालले निर्वाचनपछि वाम गठबन्धनबीच एकता हुने बताउनुभएको छ ।
चुनावीसभालाई आज चिसापानीमा सम्बोधन गर्दै उहाँले निर्वाचनलाई लक्ष्य गरेर मात्र गठबन्धन गरिएको होइन, यो पार्टी एकता गरेर दीर्घकालसम्म अघि बढ्छ भन्नुभयो ।
देशमा लोकतान्त्रिक विकास र समृद्धि सबै कम्युनिष्टको एजेण्डा भएको जिकिर गर्दै उहाँले वाम गठबन्धन गणतन्त्र लोकतन्त्र विरोधी शक्ति हो भन्नु कम्युनिष्टले प्रजातन्त्र ल्याउन गरेको योगदान नबुझ्नु हो भन्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताउनुभयो । रासस












प्रतिक्रिया