अछाम, २ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले आगामी संघिय संरचनामा सेती महाकाली अखण्ड राज्य हुने दावी गर्नुभएको छ ।
महेन्द्र उच्च मावि बयालपाटामा आफैले स्थापना गरेको धनसोभा रावल जेहन्दार बिद्यार्थी पुरस्कार बितरण कार्यक्रममा बोल्दै रावलले सुदुरपश्चिम क्षेत्रका ६० प्रतिशत जनता गरिवीको रेखामुनी रहेको भन्दै यहाँको जनताको जिवनस्तर माथि उकास्नकालागि भए पनि सेती महाँकाली एक राज्य हुनुपर्ने बताउनुभयो । सुदुरपश्चिमका पहाडी जिल्ला कैलाली र कञ्चनपुर निर्भर रहेको भन्दै रावलले कुनै पनि हालतमा सुदुरपश्चिमलाई खण्डीत हुन नदिने वताउनुभयो । संघिय संरचनामा सेती महाकाली अखण्ड राज्य वनाउनको लागि दवाव दिन जतनालाई आग्रह गर्नुभयो ।
एमाओवादी सहित २२ दलिय मोर्चालाई लक्षित गर्दै रावलले १ सय २५ जात जाति भएको देशमा जातियताको आधारमा कसैलाई राज्य दिन नसक्ने ठोकुवा गनुभयो । उहाँले संख्यामा धेरै र जातीय आधारको प्रदेश निर्धारण हुन नसक्ने वताउनुभयो ।
पछाडि पारिएका दलित महिला, आदिवासी समुदायको शिक्षा स्वास्थ्य, रोजगारिको ग्यारेन्टी चाँहिने तर एमाओवादी लगायत २२ दलिय मोर्चाले भने जस्तो जातिय राज्य नेपाली जनतालाई नचाहेको वताउनुभयो । नेकपा एमाले र नेपाली काग्रेस माघ ८ गते सविधान दिन तयार रहेपनि एमाओवादीले जातियताका आधारमा संघिय संरचनाको निर्माण गर्ने खोजेका कारण समस्या उत्पन्न भएको वताउनुभयो ।
















प्रतिक्रिया