काठमाडौं, २४ कात्तिक । नेपाली सेनाले सिन्धुलीगढीमा अङ्ग्रेजविरुद्धको लडाईमा विजय हासिल गरेको २५० वर्ष पुगेको उपलक्ष्यमा आज सिन्धुलीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रपति एवं सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी भएका छन् ।
उक्त विशेष समारोहमा नेपाली सेनाको नं.९ बाहिनी अड्डाद्वारा नाटक प्रदर्शन, सेपाताङ्ग्रो खेलको प्रदर्शनी, ऐतिहासिक हात–हतियार तथा पोशाक प्रदर्शन गरिएको थियो ।
उक्त विशेष कार्यक्रम पश्चात् प्रधानसेनापति क्षत्रीले रामेछाप जिल्लास्थित श्री नन्दाबक्स गणको निरीक्षण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनी आज राति सोही गणमा बास बस्नेछन् ।
साथै निरीक्षण भ्रमणको क्रममा भोलि प्रधानसेनापति क्षत्रीले दोलखा र सिन्धुपाल्चोक जिल्लास्थित सुरक्षा पोस्ट्हरुको निरीक्षण गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया