२२ कार्तिक २०८३, आइतबार

चितुवाको छाला बिक्री गर्ने सीआईबीको फन्दामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बरामत गरिएको चितुवाको छाला । तस्विरः सीआईबी ।

ललितपुर, २४ कात्तिक । प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छाला सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २१ शंखमुलबाट संरक्षित वन्यजन्तु चितुवाको छाला अवैध रुपमा ओसार पसार गरी ल्याई खरिद बिक्री गर्न भनि बोकेर हिडेको अवस्थामा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ६ बस्ने २५वर्षीय जिवन माझीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका माझीलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिवन ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।