२२ कार्तिक २०८३, आइतबार

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः महानगरीय अपराध महाशाखा

काठमाडौँ, २४ कात्तिक । प्रहरीले क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउलाई पक्राउ गरेको छ । प्रहरीले ठगीको आरोपमा काठमाडौँ महानगरपालिका–७ मित्रपार्क स्थित एक्सा–वाई इन्टरनेशनल प्रालि (Axa-Wai International Pvt Ltd) नामक कन्सल्टेन्सीका संचालक सप्तरी जिल्ला विष्णुपुर गाउँपालिका–१ घर भई हाल महाराजगंज बस्ने ३० वर्षीय अशोक कुमार यादव र रौतहटस्थित बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ती यादवलाई पक्राउ गरेको हो ।

उनीहरुले रुपन्देही निलोत्तमा नगरपालिका वडा नम्बर ८ घर भएका विवेक भुषाल सहित ४ जना व्यक्तिहरुलाई क्यानडा, टर्की, मकाउलगायतका देशहरुमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रतिव्यक्ति ३ देखि ४ लाख रकम लिई लामो समयसम्म पनि विदेश पठाउने तर्फ कुनै चासो नदेखाएको भनेर पीडितले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । उक्त कन्सल्टेन्सीले शिक्षामन्त्रालयबाट स्वीकृत समेत नलिएको, शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट वैदेशिक रोजगारको लागि क्यानडा लगायतका देशहरुमा पठाउछु भनि रकम ठगी गरेकोले उनीहरुलाई खोजतलास गर्ने क्रममा बुधबार महाराजगंजबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको प्रहरीले बताएको छ । साथै उनीहरुले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरुलाई मुलुकी ऐनअन्तर्गत ठगीको महल अनुसार झुक्याई, विश्ववासमा पारी ठगी गरेमा कसुरको बिगो भरपाइसहित पाँच वर्ष सम्म कैंद हुन सक्ने छ ।