घोराही (दाङ), २३ कात्तिक । दाङको तुल्सीपुरमा नेपाली काँग्रेसका नेता पदम खड्का आफ्ना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काग्रेसले आफ्नो विपिको सिद्धान्त छाडेर व्यक्तिवादतर्फ उन्मुख भएको आरोप लगाउदै खड्का सहित काँग्रेसका नेता, कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
बाम गठवन्धनले बिहीबार तुल्सीपुरमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा उनीहरु उत्साहकासाथ एमालेमा प्रवेश गरेका थिए । काग्रेस नेता खड्कालाई एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले टिका लगाएर स्वागत गरेका थिए ।












प्रतिक्रिया