२२ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति राजेन्द्र क्षत्री र नवनियुक्त रक्षा सचिवबीच शिष्टाचार भेट

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाल सरकार रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव विनोद केसी ।

काठमाडौँ, २३ कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल सरकार रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव विनोद केसीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटका क्रममा रक्षा सचिव के.सी. र प्रधानसेनापति क्षत्रीबीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।

साथै, रक्षा सचिव केसीलाई जंगी अड्डा परिसरमा छुट्टै कार्यक्रममा वर्तमान बस्तुस्थिती, नेपाली सेनाका विभिन्न निकायहरुको जिम्मेवारी लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्ययोजनाको बारेमा सम्बन्धित विभागका रथीवृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण समेत गरिएको थियो ।