२२ कार्तिक २०८३, आइतबार

बाम गठबन्धनद्वारा निर्वाचन परिचालन कमिटी गठन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २३ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द्र) सि.न.पा को बिभिन्न वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

बिहीबार भएको दुवै पार्टीको भेलाले बिभिन्न वडामा भेला गरि निर्वाचन परिचालन गठन गरिएको हो ।

सि.न.पा को वडा नं ८ को भेलाले उमेश थापा मगरको संयोजकत्वमा ३ सय ५१ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य हरि प्रसाद अधिकारीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अन्य निर्वाचन भन्दा फरक रहेकोले बाम गठबन्धनले नै जित्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

जिल्ला कमिटि सदस्य तथा सिद्धार्थनगरका मेयर समेत रहेका अधिकारीले निर्वाचनको परिणाम बामपन्थीको पक्षमा पार्न सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए ।

कार्यक्रममा ने.क.पा.(माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सह–संयोजक एवं प्रदेशसभा क्षेत्र नं. ३(१) का उम्मेदवार विश्वास बराल(अनुप)ले सधैभरी सत्ताको सेरोफेरोमा बसेका मानिसहरुले लोकतन्त्रको पाठ सिकाउन आवश्यक नरहेको बताए । उनले जनताको मत पैसामा किन्न खोज्ने शक्तिलाई अबको निर्वाचनमा जनताले परास्त गर्ने दावी गरे ।

उमेश थापा लाटो मगरको अध्यक्षता तथा अरुण पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा एमाले नेताहरु राजेन्द्र पन्थी, जिवलाल अर्याल, ज्ञानदेव हटवाल, माओवादी नेताहरु मक्सुद अली, तिर बहादुर रोक्का( डार्विन), उमेश खनाल तथा एमाले नगर अध्यक्ष राम बहादुर श्रेष्ठ र उपाध्यक्षको तारापती भण्डारीको उपस्थिती रहेको थियो।

त्यसै गरी सिद्धार्थनगरको वडा नं १० मा पनि निर्वाचन परिचालन समिति गठन भएको छ। शंकर मुरावको संयोजकत्वमा १ सय ५१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो । कमिटि नेकपा एमाले जिल्ला कमिटि तथा नगर इन्चार्ज जिवलाल अर्यालको प्रमुख अतिथ्यतामा गठन भएको थियो ।

कार्यक्रममा एमाले नगर उपाध्यक्ष तारापती भण्डारी लागायतको उपस्थिती रहेको थियो। त्यसै गरि सिद्धार्थनगरको वडा नं १२ र १३ मा पनि निर्वाचन परिचालन समिति गठन भएको छ। एमाले क्षेत्रिय अध्यक्ष घनेन्द्र बिक्रम पाण्डेको संयोजकत्वमा सिनपा १२ मा २ सय १ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ । जिल्ला कमिटि सदस्य तथा निर्वाचन परिचालन ३(१) को सह(संयोजक प्रेम सेन्चुरीको प्रमुख अतिथ्यतामा समिति गठन भएको हो। त्यसै गरि शतिस मराशिनीको संयोजकत्वमा सिनपा १३ मा ५ सय १ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ । मराशिनी वडा नं १३ का वडा अध्यक्ष हुन्। उक्त कार्यक्रम प्रतिनिधीसभा निर्वाचन परिचालन कमिटि सचिव पम्फावती खनालको प्रमुख अतिथ्यतामा समिति गठन भएको हो।

बाम गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा तर्फ ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव घनश्याम भुषाल, प्रदेशसभा ३(क) मा माओवादी केन्द्रका विश्वास बराल(अनुप) र प्रदेशसभा ३(२) मा एमालेका तुलसी प्रसाद चौधरीले उम्मेदवारी दिएका छन ।

त्यसैगरी तिलोत्तमा नगरपालिका वडा न १३ को सयुक्त बैठकले गणेश न्यौपानेको सँयोजकत्व र भबिश्वर भुर्तैलको सहसँयोजकत्वमा एक हजार एक सय १ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यसैगरी बिष्णु पराजुली सँयोजक र गणेश उपाध्याय सहसँयोजक रहेको आर्थिक समिति गठन गरिएको छ । नगरको वडा न १४ मा राजेन्द्र गुरुड सँयोजक र दल बहादुर थापा सह सँयोजक रहेको एक हजार ५ सय १ सदस्सिय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । त्यसैगरी तुल्सीराम पाण्डे सँयोजक र मित्रलाल न्यौपाने सह सँयोजक रहेको आर्थिक समिति गठन गरिएको छ । १४ वडाको भेलामा नेकपा एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरे, प्रतिनिधि सभा क्षेत्र न ३ का सँयोजक हितराज पन्थी,प्रदेश सभा तीन १ का सँयोजक श्याम खरेल,प्रदेश सभाका उम्मेदवार बिश्वास बराल अनुप, वडा अध्यक्ष सोहन थारु, ज्ञान प्रसाद भुर्तैल लगायतको उपस्थिती रहेको थियो ।

यसैबिच ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द्र) को संयुक्त भेलाले रुपन्देहीको मायादेवी गाउँपालिका वडा न.८ मा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

भेलाले ढुंडीराज खनाल संयोजक र शंकर ज्ञवाली सह–संयोजक रहेको ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपन्देही क्षेत्र न.३ का वाम उम्मेदवार घनश्याम भुषालले सम्वोधन गर्दै वाम एकता आजको आवश्यकता भएको बताए । उनले अबको चुनाव पछिको सरकारले देशलाई समृद्धिको दिशामा अघि बढाउने स्पष्ट पारे । भेलामा एमाले नेतृ पंफावती खनालले अबको विकास वामपन्थी पार्टीको सरकारले मात्र गर्न सक्ने बताइन ।

यसै बीच मायादेवी गाउपालिका वडा नं.७ को वडा भेला सम्पन्न भएको छ । भेलाले शैलेश पाण्डे संयोजक र राम केवल लोध सह–संयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेका छ ।

भेलामा रुपन्देही क्षेत्र न.३ अन्र्तगत प्रदेश सभा सदस्य १ का उम्मेदवार विश्वास बराल (अनुप), माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकर शंकर ज्ञवाली, कमला थापा एमाले नेतृ पम्फावती खनाल लगायतले बोल्दै वामपन्थीहरुको जित सुनिश्चित रहेको बताए ।