२२ कार्तिक २०८३, आइतबार

सल्यानमा ७ सय ग्राम माछा मार्ने विषादी जेलेटिनसहित एक व्यक्ति पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, २३ कात्तिक । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थल घाटगाउँ का २४ वर्षीय राजु भण्डारीलाई माछा मार्ने जेलेटिन सहित प्रहरीले पक्राउ गरेको छ । ट्राफिक चेकजाँचको क्रममा विना लाइसेन्स ओसारपसार गर्न रोक लगाईएको जेलिटिनसहित भण्डारीलाई बुधवार सांझ पक्राउ गरेको सल्यानका प्रहरी उपरीक्षक (डीएसपी) भरत बहादुर बिकले जानकारी दिए ।

सल्यान र सुर्खेतको सिमाना भेरीपुल नजिकै भण्डारीले प्रयोग गरेको ब्लूबुक, लाइसेन्स चेक जाँचका क्रममा ७ सय ग्रामको जेलेटिन पदार्थ फेला परेको प्रहरीले जनाएको छ । मोटर साईकलमा सवार रहेका भण्डारीको साथमा जेलेटिन भएको पुर्व जानकारी नभए पनि चेकजाँचका क्रममा फेला परेको प्रहरीको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भेरी नदिमा माछा मार्ने जेलेटिन पदार्थ केहि दिन अघि थुप्रै मात्रामा भित्रिएको बताइएको छ । उक्त जेलेटिन महँगो मुल्यमा माछा मार्ने व्यवसायीले खरिद गरेको हुन सक्ने आशंका गरिएको छ ।