बागलुङ, २३ कात्तिक । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समय नजिकिदैं जाँदा नेपाली काङ्ग्रेसमा सक्रिय राजनीति गरिरहेका बागलुङका १३ जना कार्यकर्ता पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार संयुक्त बाम गठबन्धनले काँठेखोला गाउँपालिका–७ रेशको पिडाल्लामा आयोजना गरेको चुनावी सभामा नेपाली काँग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
काँठेखोला गाउँपालिका–७ रेशका डिलबहादुर काउचा, भीमबहादुर काउचा, नीरबहादुर काउचा, कुलबहादुर काउचा, शेरबहादुर थापा, विष्णु थापा, गिता थापा, नन्दकली थापा, सुनमती थापा, नरबहादुर काउचा, पवित्रा काउचा, खीमा काउचा, तेजबहादुर काउचा र नन्दकली पुन नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका हुन ।
काँग्रेसको शक्रिय राजनिति छोडेर नेकपा एमालेमा प्रवेश गरेका कार्यकार्तालाई फुल मालाले स्वागत गर्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य तथा समानुपातीक उमेदवार मनकुमारी केसीले देशको आर्थिक तथा राजनितिक परिवर्तनको लागि योगदान दिने समयमा एमालेको राजनितिमा प्रवेश गरेको भन्दैं बामपन्थी उमेदवारलाई जिताउन लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर १ का संयोजक रामजिप्रसाद शर्मा, क्षेत्र नम्बर १ का प्रदेश सभा उमेदवार ईन्द्रलाल सापकोटाले स्वागत गर्नुभएको थियो ।













प्रतिक्रिया