काठमाडौँ, २ मंसिर । सनातन हिन्दू मोर्चाका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले अब बन्ने संविधानमा हिन्दू राष्ट्र अनिवार्य लेख्न सुझाव दिनुभएको छ ।
हिन्दू राष्ट्र बनाउने अभियानमा जुटेका एक सय तेत्तीस धार्मिक संघसंस्थाको मोर्चा गठनपछि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँले अब बन्ने संविधानमा हिन्दू राष्ट्र नलेखिए सबै किसिमका पूजा बन्द गर्ने चेतावनीसमेत दिनुभयो ।
नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष भट्टराईले संविधानमा हिन्दू राष्ट्र उल्लेख नभए पात्रोसमेत प्रकाशन नगर्ने चेतावनी दिनुभयो ।
जनमत संग्रहमा जाने हो भने ९० प्रतिशत नेपालीले हिन्दू राष्ट्रका लागि मत खसाल्ने दाबी गर्दै संसारभरका एक अर्ब ८० करोड हिन्दू धर्मावलम्बीहरूलाई नजिस्क्याउन आग्रह गर्नुभयो ।
मोर्चाले आगामी मंसिर ८ र ९ गते सरकार र सम्पूर्ण राजनीतिक दलहरूलाई संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका मागसहितको ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । मंसिरको अन्तिम साता साधु सन्त सम्मेलन गर्ने पनि मोर्चाले तयारी गरेको छ ।
















प्रतिक्रिया