–मिना बुढाथोकी
सल्यान, २३ कात्तिक । संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा एमाले र नेकपा माओबादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) सल्यानले अभियान सञ्चालन गर्ने भएका छन् । उनीहरु बाम गठबन्धनलाई अत्याधिक बहुमतले बिजयी बनाउन दुबै संगठनको संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिती गठन गरी अभियान सञ्चालन गर्ने भएका हुन् ।
बिहीबार अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) सल्यानले संयुक्त प्रेश विज्ञप्तिमा जारी गरेर यस्तो जानकारी दिएका हुन् । दिगो विकास, समृद्धि र राजनितिक स्थायित्वका लागी भएको बाम गठबन्धनलाई ठोस र परिणाममुखी बनाउन सम्पूर्ण शक्तिका साथ लाग्ने विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियू सल्यानका संयोजक राम बहादुर केसी र अनेरास्ववियू (क्रान्तिकारी) सल्यानका अध्यक्ष चेतन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बाम गठबन्धनलाई थप कसिलो बनाउन सल्यान जिल्लाका प्रतिनिधि सभा र २ वटै प्रदेश सभामा बाम गठबन्धनलाई बिजयी बनाउने निर्णय भएको छ ।’
संयुक्त बिद्यार्थी संगठनले ‘सम्पूर्ण बामपन्थी, प्रगतिशिल र देश भक्त विद्यार्थीको आह्वान, विकास, समृद्धि र स्थीर सरकारका लागी बाम गठबन्धनलाई मतदान’ भन्ने नाराका साथ जिल्लाभर संयुक्त विद्यार्थी परिचालन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया