२९ आश्विन २०८३, बिहिबार

विद्यालयको बसमा बम आक्रमण दुईजनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afgh-MMAP-mdपेसावर, २ मङ्सिर । उत्तरपश्चिमी पाकिस्तानमा एक विद्यालयको बसमाथि बम आक्रमण भएको छ । सो आक्रमणमा परी दुई जनाको मृत्युभएको समाचारमा जनाइएको छ ।

पाकिस्तानी अतिवादीहरुले सो काम गरेको अनुमान गरिएको छ । यद्यपि सो हत्याको जिम्मेवारी भने कसैले पनि लिएको छैन ।

पाकिस्तानको माथिल्लो कारिम जातीय इलाकामा सो हमलाका कारण अरु कयौं विद्यार्थी घाइते भएका छन् । माथिल्लो कारिमको निस्टी भन्ने स्थानमा सो हमला भएको थियो ।

सो क्षेत्रमा विगत लामो समयदेखि नै पाकिस्तानकै दुईवटा जातिकाबीच जातीय द्वन्द्व हुने गरेको छ । मुस्लिमकै सिया र सुन्नीकाबीच त्यहाँ लामो समयदेखि नै हिंसा कायम रहेको छ ।

मङ्गलबार बिहान बालबालिका विद्यालय जाने क्रममा भएको सो बम हमलामा परी एकजना ११ वर्षीय बालकको ज्यान गएको छ ।

त्यसैगरी सो बम आक्रमणमा परी सो बसका चालक पनि मारिएका छन् । विद्यालयका अनुसार सो बसमा रहेकी अर्की सात वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको छ ।

सो बसमा भएको बम आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको स्थानीय अधिकारीले जनाएका छन् । उनकाअनुसार विद्यालयको बसलाई नै लक्ष्य गरेर बम हमला भएको थियो ।
बसमा भएको बम आक्रमणका दोषीको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सो हमलामा तालिवानको हात हुनसक्ने जनाएको छ ।

तर तालिवानहरुले भने यस बारेमा केही बताएका छैनन् । विगतमा पनि यस्ता आक्रमणमा तालिवानको हात रहने गरेको प्रहरीको भनाई छ । रासस/एएफपी