२२ कार्तिक २०८३, आइतबार

वडा अध्यक्षलाई अश्लील गाली गर्ने ६ महिलाविरुद्ध सार्वजनिक मुद्धा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलालीको बर्दगोरीया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण सुनार ।

–लक्ष्मीप्रसाद जैशी

बौनिया (कैलाली) २२ कात्तिक । कैलालीको बर्दगोरीया गाउपालिका वडा ३ का ६ जना महिला विरुद्ध प्रहरीले सार्वजनिक मुद्धा लगाएको छ । वडा अध्यक्ष कर्ण सुनार र प्रहरी निरीक्षकलाई अश्लील गाली गलौज गरेको भन्दै प्रहरीले स्थानीय महिला विरुद्ध बुधबार सार्वजनिक मुद्धा लगाएर जिल्ला चलान गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरक्षक कर्ण कार्कीका अनुसार स्थानीय डिला राना, शितल विक, शुशिला विक, करिस्मा बुढा र यमुना पुनमगर विरुद्ध सार्वजनीक मुद्धा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरीएको छ । सोमबार टिकापुरका छाडा पशुचौपाया टिकापुरका नगरपालिकाको निर्देशनमा अर्को पहाडी जिल्ला बाजुरा पठाउन लग्दै गर्दा बर्दगोरीया गाउँ पालिकाको वडा नं. ३ बुटकौवाका महिलाहरुले अवरोध गरेका थिए ।

आफुले टिकापुर नगरपालिकाको अनुरोधमा छाडा पशुचौपाया आफ्नो गाउँबाट लिन अवरोध नर्गन भनेपछि महिलाहरुले वडा कार्यालयमा ढुंगामुढा सँगै कर्मचारीमाथि हातपात र अश्लील गाली गरेको वडाध्यक्ष कर्ण सुनारले बताए । अध्यक्ष सुनारले मंगलबार डिला राना नेतृत्वको महिलाको समुहले वडा कार्यालयमा ढुंगामुडा र कर्मचारीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई खबर गरेको बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई समेत अश्लिल गाली गरेको बताए ।