२२ कार्तिक २०८३, आइतबार

सल्यानका ५४ मतदानस्थल अती संवेदनशील

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २२ कात्तिक । सल्यान जिल्लाका ५४ वटा मतदान स्थल अति संबेदनशीलको सूचीमा रहेका छन् । जिल्लाको भौगोलिक बिकटता तथा शान्ति सुरक्षाका हिसाबले ५४ वटा मतदानस्थललाई अती संवेदनशीलको सूचीमा राखिएको हो । यस्तै ३७ वटा मतदान स्थल संबेदनशिल र २० वटा मतदान स्थल सामान्य रहेका छन् ।

यस जिल्लामा १ सय ११ वटा मतदान स्थल रहेका छन् । यस्तै स्थानिय निर्बाचनमा १ सय ७५ मतदान केन्द्र रहेकोमा अहिले ५ वटा थप गरेर १ सय ८० वटा मतदान केन्द्र बनाईएको छ । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जिल्ला सुरक्षा समितिले ती मतदानस्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको जानकारी दिएको छ ।

यसअघिका चुनावमा भएका क्रियाकलाप, भौगोलिक विकटता, सञ्चार तथा यातायात लगायतका सुविधाको पहुँचका आधारमा अतिसंबेदनशिल, संवेदनशील र सामान्य मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो । ३ नगरपालिका र ७ गाउँपालिका सहित १० स्थानिय तह रहेको सल्यानमा १ लाख ३४ हजार २ सय १३ मतदाता रहेका छन् ।

बाम गठबन्धनले सल्यानमा चुनाबी अभियानलाई तीब्रता दियो

सल्यानमा बामगठबन्धनले चुनाबि अभियानलाई तिब्रता दिएको छ । जस अन्तरगत आज शारदा नगरपालिकामा अवस्थित नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्त भेला सम्पन्न भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटि संयोजक भद्र सिं बुढाको अध्यक्षता एवं नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संयुक्त भेलालाई सम्बोधन गर्दै सल्यान बाट प्रतिनिधि सभाका उम्मेदवार बस्नेतले एमाले र माओबादीको संयुक्त बामगठबन्धन चुनाबका लागी मात्र नभएर पार्टी एकताको लागी पनि भएको बताउनु भयो ।

उहाँले बामगठबन्धनका उम्मेदवारलाई जिताउन सबै कार्यकर्ताहरु संग आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा सल्यान क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले बाम गठबन्धन बाट बिचलित नहुन एमाले माओबादीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नु भयो । कार्यक्रममा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार गुलाबजंग शाह, निर्बाचन परिचालन कमिटीका संयोजक नेव बहादुर कवर, एमालेका सहसंयोजक लोकबहादुर डाँगी लगायतकाले बोल्नु भएको थियो ।