– अनिल खत्री
गुल्मी, २२ कात्तिक । आगामी मंसिरमा हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी चुनावी प्रचारमा निस्कीएका नेकपा एमालेका सचिव एबं गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले कृषको खेतमै चुनावी सभा गरेका छन् । बिष्ट घरदैलो कार्यक्रम अन्र्तगत बुधवार मुसिकोट नगरपालिका ५ आपचौरमा कृषकहरुसँग धान भित्राउने तयारीको लागी खेतबारिमा ब्यस्त बनेका कृषको समस्यालाई मध्यन नजर राखेर खेतमै अन्र्तक्रिया गरेका छन् ।
उनले जनताको अधिकार स्थापित गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । नेता विष्टले जनताको अधिकार स्थापित गराउँन आफ्नो उम्मेदवारी भएको बताएका हुन । कोही मन्त्री हुन्छु भोट दिनुस भन्छन् तर म मन्त्री हुने र मुख्य मन्त्री हुने नभई जनताको सेवा गर्ने सेवक बन्नका लागि भोट दिन आग्रह गर्दछु उनले भने ।
नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त वाम गठबन्धनवाट गुल्मी प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उनले यस क्षेत्रका जनताका आवश्यकताहरु पुरा गर्नका लागि साझा उम्मेदवार भएको बताए । टिकटका लागि कुनै पाटीको उम्मेदवार भएपनि निर्वाचन अगािड र विजयी भएपछि आफु सवै राजनितीक दलहरुमा आस्था राख्ने जनताको जनप्रतिनिधीवाट भएको दावी उनले गरे ।
जनताको आर्थिक हैसियत उचो नभएसम्म अन्य विकास सम्भव नभएकाले अहिलेको प्रतिव्यक्ति आयलाई कम्तिमा पनि तेव्वर पार्ने गरि काम गर्नेछु विष्टले भने, ‘गुल्मी बिभिन्न धार्मिक तथा साँस्कृतीक लगायत कृषि क्षेत्रको सम्भावना भएको जिल्ला भएकाले विकासका योजनामा म सदैव क्रियाशिल रहेको छु र रहन्छु ।’ बाम गठबन्धनबाट उम्मेदवार बनेका बिष्टसँग काँग्रेसबाट चन्द्र केसीसँग प्रतिस्पर्धा हुँदै छ ।















प्रतिक्रिया